जानकीको प्रमुख प्रशासकीय अधिकृत अब सिंहराज डाँगी

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सिंहराज डाँगीले सम्हाल्नुभएको छ ।

डाँगीले सोमबार गाउँपालिकाको कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको हो । त्यसक्रममा उहाँलाई जनप्रतिनिधिले स्वागत समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नं ५ का वडा अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादव, शिक्षक राजु यादव, गाउँपालिका अध्यक्षका परामर्शदाता सोहराब अलि दर्जी लगायतले स्वागत गर्नुभएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डाँगीलाई राप्ती सोनारी गाउँपालिकाबाट सरुवा गरेको छ भने जानकीका प्रमुख अधिकृत बस बहादुर रानाको बाँकेकै डुडुवा गाउँपालिकामा सरुवा भएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

Previous articleबाँकेका निजामती कर्मचारी आन्दोलित
Next articleसत्तारुढ गठबन्धनसँग तालमेल हुन सक्छ : राजेन्द्र महतो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here