सत्तारुढ गठबन्धनसँग तालमेल हुन सक्छ : राजेन्द्र महतो

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ गठबन्धनसँग नै चुनावी तालमेल गर्ने सम्भावना रहेको बताउनुभएको छ ।

राजविराजमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आफूहरुको माग र मुद्दामा सरकारले सकारात्मक काम गरिरहेकाले सत्ता गठबन्धनसँगै सहकार्य गर्ने बताउनुभयो । यस सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको उहाँको भनाइ छ ।

‘गठबन्धनका लागि अरु तर्फबाट पनि प्रस्ताव आइरहेको छ’ उहाँले भन्नुभयो, ‘तर कुराकानी भने प्रधानमन्त्रीसँग भइरहेको छ । गठबन्धन भए चुनावी तालमेल पनि हुनेछ ।’

गठबन्धन नभए एक्लै पनि चुनावमा जाने नेता महतोले बताउनुभयो । ‘कुनै परिस्थितिमा चुनाव लडनुपर्छ, यही मानसिकताका साथ काम गर्नुस्’ महतोले कार्यकर्तालाई भन्नुभयो, ‘चुनावलाई आन्दोलनको रुपमा बुझेर तयारी गर्नुपर्छ ।’

विगतमा आफूहरुको माग र मुद्दा सम्बोधन गराउन केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि सहभागी भएको भन्दै महतोले त्यतिबेला धेरै बदनामी खेप्नुपरेको बताउनुभयो ।

‘१३९ जनाको मुद्दा फिर्ता गरायौं, नागरिकता अध्यादेश जारी गराएपछि ओली नेतृत्वको सरकारको समर्थन गरेका थियौं’ उहाँले भन्नुभयो, ‘त्यो सरकारमा गएपछि हाम्रो बदनामी भयो । माग र मुद्दाका लागि बदनामी लियौं ।’

Previous articleजानकीको प्रमुख प्रशासकीय अधिकृत अब सिंहराज डाँगी
Next articleमृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here