
नेपालगन्ज । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगितासंगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भाद्र ११ गते नेपालगन्जमा हुने भएको छ ।
प्रतियोगिताको अडिसनबाट छनोट भएका २१ प्रतिस्पर्धिहरुमध्ये छनोट भएका ११ जना प्रतियोगिहरुलाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्बजनिक समेत गरिएको छ ।
अवधि मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनको आयोजनामा गरिएको उक्त प्रतियोगिताको फाईनलमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने टिलिभिजनका प्रमुख आशिष गुप्ताले जानकारी दिनुभयाे ।
प्रतियोगितामा नृत्य र फेसनसंगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । याे सबैभन्दा ठुलो राशीको प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।





