
ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरबाबा बजारमा रहेको रोयल अडभेन्चर रिसोर्ट भाइरल बन्दै गएको छ ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै रिसोर्टमा तिज मिलन कार्यक्रम गर्नेहरुको संख्या बढेसंगै टिकटक बनाउनेहरुका लागि आकर्षित हुँदै गएपछि भाइरल बन्न थालेको छ ।
नयाँ व्यवस्थापन तथा मानिसलाई आकर्षण गर्ने खालका वातावरण निर्माण भएकाले रिसोर्टमा तिज मिलन तथा टिकटक बनाउनेहरुको भिढ बढेको संचाललक आतिष थापाले बताउनुभयो ।
यो रिर्सोट ठाकुरद्धारा पुग्ने पर्यटकहरुका लागि शान्त तथा स्वच्छ वातावरणमा बस्ने प्रमुख स्थान समेत बनेको छ । 





