क्रियाशिल पत्रकार महिलाको नेपालगञ्जमा तिज मिलन

नेपालगञ्ज । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमूना) ले समाज बिकासित भएपनि अझै महिलाहरु समस्यामा रहेको बताउनुभएको छ ।

क्रियाशिल पत्रकार महिला समूह बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद केसीले पछिल्लो समय समाज बिकासित भएपनि केही स्थानबाहेक अझै पनि महिलामाथि थुप्रै पिडा रहेको देखिने गरेको बताउनुभएको हो ।

‘पिडा र समस्यामा रहेका महिलाहरुको समस्या समाधान भइ बिकास होस ।,’ सांसद केसीले भन्नुभयो, ‘हिजोंको सामाजिक दृष्टिकोण अझै सकिएको छैन्, यी कुराहरु अब समाप्त होस ।’ उहाँले पहिला महिला सक्षम भए समाज रुपान्तरण हुने बताउँदै उहाँले महिला अझै सक्षम हुनुपर्ने कुरामा जोड दिनुभयो ।नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगरले सबै खाले अवस्थामा रहने परिवारले सहज तरिकाले तिज मनाउने वातावरण बन्ने कामना गर्नुभयो ।

क्रियाशिल पत्रकार महिला समूह बाँकेकी कार्यबाहक साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी संस्थापक अध्यक्ष अछरी पोखरेल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष नीरज गौतम, समूहकी निवर्तमान अध्यक्ष अमृता केसी, साहित्यकार ऋचा लुइटेल लगायतले पछिल्लो समय भडकिलो तरिकाले मनाउन थालिएको तिज सभ्य तरिकाले मनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

Previous articleटिकटकका लागि भाइरल बन्दै रोयल एडभेन्चर रिसोर्ट
Next articleबालिकामाथि बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here