
धनगढी । बैतडीमा विद्यालयमै बालिकामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
मेलौली नगरपालिका–३ को प्रितीपुर माध्यमिक विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा शिक्षक ३५ वर्षीय किशोर जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले शिक्षकले बालिकामाथि विद्यालयमै करणी गर्ने प्रयास गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।





