नेपाल शिव सेना बाँकेले गर्यो तिज मिलन

नेपालगन्ज । नेपाल शिव सेना बाँकेले तिज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । नेपालगन्ज धम्बोझीस्थित खनाल होटलमा आज कार्यक्रम गरि तिजको शुभकामना आदानप्रदान गरेको हो ।

नेपाल शिवसेनाले आउँदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्न तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा नेपाल शिवसेना बाँके महिला अध्यक्ष खुमा वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि दिवाकर खनाल, अतिथि नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियार, शिव सेना उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेर बहादुर शाही , केन्द्रीय सदस्य राजेश यादव, जिल्ला सदस्यहरु र नगर सदस्य लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै नेता खनालले नारिहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरुले नै नेतृत्व गर्दै गरेको यो कार्यक्रम सराहनिय भएको बताउनुभयो । विगतका दिनमा म हजुरसामु नरहेपनि अबका दिनमा भने सधैं रहिरहने समेत बताउनुभयो ।

‘अब म राजनितीमा आएको छु ।,’ उहाँले भन्नुभयो, ‘हजुरहरुको साथ सहयोगले यसपाली मंसिर ४ गतेको स्थानीय चुनावमा संसदीय सदस्य सभाका लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छु ।’

उता बाँके २ (क) का प्रदेश सदस्यका उम्मेदवार रौनियारले पनि यसपटक नेपाल शिव सेनाबाट स्वतन्त्र उम्मेदवार आफु र खनाललाई हिन्दु भएका कारण सहयोग गरिदिन आग्रह गर्नुभयो । माननीय भएको खण्डमा हरेक बर्ष सांसदको पैसाले हिन्दुहरुलाई चारधाम घुमाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

Previous articleबालिकामाथि बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ
Next articleसिकाई उपलब्धी बृद्धि गर्न स्वयंसेवकहरुलाई अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here