
नेपालगन्ज । नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार राैनियारलाई मंसिर ०४ मा हुने निर्वाचनमा विजयी गराउन डुडुवा गाउँपालिकाको विभिन्न गाउँका स्थानीय रले भब्य स्वागत गर्ने गरेका छन् ।
चुनावी प्रचारमा निस्कनुभएका नेता राैनियारसहितकाे टाेलीलाई विभिन्न गाउँहरूमा स्थानीयले जय श्री रामकाे नारा लगाउँदै भब्य स्वागतसहित सम्मान गर्ने गरेका हुन् ।
बिहिवार साझ डुडुवा गाउँ पालिका वडा नंं.४ मा पुग्नुभएका शिव सेनाका अध्यक्ष राैनियारसहितको टोलीलाई स्थानीयले आफुहरुले यसपालिको मतदान खेर जान नदिने भन्दै स्वागत गरेका थिए ।
हामीले राजनीतिक पार्टीलाई भोट दिएर जिताएपनि कुनैपनि पार्टीले हाम्रो धर्मप्रति आवाज नै नउठाएकोले यसपालि नेपाल शिव सेनालाई भाेट दिने भन्दै जय श्री राम , जय श्री राम नारा घन्काएका थिए ।
यता नेता देवाकर खनालले निर्वाचनको जितपछि बाँके क्षेत्र न.२ शिवसेना मय हुने बताउनुभयो । यहाँ विभिन्न धार्मिक संगठनले हाम्रो विशुद्ध हिन्दुधर्ममाथि हमला गरिरहेकाे भन्दै उहाँले हामी आफ्नो धर्म रक्षाका लागि लड्नु पर्ने बताउनुभयो ।
उहाँले धर्मकाे रक्षाका लागि म एक पटक ८/८ गोली खाएर बाँचेको भन्दै आफुमा मर्ने डर हराएकाे र बाँचुन्जेल धर्मको लागि लडिरहने बताउनुभयाे ।





