शिक्षक संगठनले एकल नृत्य प्रतियोगिता गर्दै मनायो तीज

खजुरा । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले हरितालिका तीजको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको छ ।

संगठनले भाद्र ११ गते खाजुरा मिनि पार्कमा आयोजित कार्यक्रममा एकल नृत्य प्रतियोगिता र दर खाने कार्यक्रम गरेको हो ।

संगठनका राष्ट्रिय समितिका उपमहासचिव एकदेव पन्थी बिशेष उपस्थिति तथा संगठनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख इन्दिरा गौतमको अध्यक्षतामा भएको थियो ।प्रतियोगितामा सरस्वती बराल प्रथम, सरु वि.क द्वितिय र इश्वरी सुनार तृतिय स्थान प्राप्त गर्नुभएको छ । बिजेतालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा जित बहादुर थापा, महानन्द ढकाल र देउमती थापाले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

बाँके जिल्लाका ३०० बढी शिक्षकको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सहसचिव पद्मा दर्लामीले संचालन गरेको गठनका सचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

Previous articleलागू औषध मुद्दामा सजाय पाएका दरै पक्राउ
Next articleनेपालगञ्ज क्षेत्रमा अतिक्रमित संरचना हटाईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here