मालपोत र नापी सम्बन्धी सेवा अब कोहलपुरमै उपलब्ध

नेपालगञ्ज । अबदेखि बाँकेको कोहलपुरमा मालपोत र नापीको कार्य संचालन हुने भएको छ । आइतबार बकोहलपुरमा मालपोत तथा नापी कार्यालय स्थापना गरिएकाले अबदेखि त्यहीँबाट सो सम्बन्धी कार्य हुने भएको हो ।

नगर विकास समितिको भवनमा स्थापना गरिएको कार्यालयको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो ।

सो क्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले जनतालाई सहज र सरल तरिकाले सेवा दिन लागि परेको बताउनुभयो ।सरकारको लक्ष्य अनुसार मन्त्रालयले अबको २ वर्षभित्र सबै भुमिहिनलाई लालपूर्जा बाँड्ने आधार समेत तयार गरिसकेको मन्त्री श्रेष्ठको भनाई थियो ।

यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कोहलपुरमा मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभइ काम गर्नका लागि उद्घाटन गरिएको बताउनुभयो ।

पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले उद्घाटन गरिएको कार्यालय निर्वाचनअघि सुचारु भएको कोहलपुरवासीले हेर्न चाहेको बताउनुभयो ।

कोहलपुरका मेयर पूर्ण आचार्यले मालपोत र नापी कार्यालय सञ्चालनका लागि बजेट र जनशक्तिको अभाव हुन नदिन आग्रह गर्नुभयो ।

Previous articleनेपालगञ्ज क्षेत्रमा अतिक्रमित संरचना हटाईने
Next articleदाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here