दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

दाङ । दाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका १ कटरूवा बस्ने ४२ वर्षीय रामबहादुर चौधरी रहेका छन् ।

उनलाई शनिवार गढवा प्रहरीले ज्योती सामुदायिक वनमा सिकार खेल्न गएको समयमा पक्राउ गरेको हो ।

चौधरीकौ साथबाट प्रहरीले लोड गरिएको एक थान भरुवा बन्दुक, १२६ वटा फलामको छर्रा र १९ वटा गोलीसँगै २०० ग्राम बारूद बरामद गरेको छ ।

उनी माथि आबश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Previous articleमालपोत र नापी सम्बन्धी सेवा अब कोहलपुरमै उपलब्ध
Next articleअवधी पत्रकार संघले गर्यो तिज बिशेष कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here