बजार अनुगमन टाेलीद्वारा २५ केजी खान अयोग्य माछा नष्ट

नेपालगन्ज । संयुक्त बजार अनुगमन टाेलीले साेमबार नेपालगन्जका माछा तथा मासु पसलकाे अनुगमन गरेकाे छ ।

अनुगमनका क्रममा टाेलीले खान अयोग्य माछा समेत फेला पारी नष्ट गरेकाे छ ।

तिजको दरखाने दिन आज नेपालगन्जका विभिन्न माछा मासु पसलहरुको अनुगमन गरेर २५ के. जि. खान अयोग्य माछा नष्ट गरेकाे हाे ।

टाेलीले मासुजन्य पदार्थको सरसफाई एवं स्वच्छता कायम राख्न व्यवसायीलाई निर्देशन दिईएकाे बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चाैलागाईले जानकारी दिनुभयाे ।

Previous articleशिवसेना बाँके अध्यक्ष मदनराज शर्मा निलम्बित
Next articleराहत प्याकेजका लागि पहल गर्ने मन्त्री गहतराजकाे प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here