४ मंसिरको चुनावमा उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्ने

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले सोमबार सार्वजनिक भएको निर्वाचन आचारसंहिता अनुसार मनोनयन दर्ता गर्ने उम्मेदवारहरुले त्यसका साथमा सम्पत्ति विवरण तयार गरी सिलबन्दी रुपमा भर्नुपर्ने उल्लेख छ ।

आचारसंहितामा भएको व्यवस्था अनुसार, उम्मेदवारहरुले आफ्नो वैयत्तिक विवरणसमेत पेश गर्नुपर्नेछ । आयोगले उक्त सम्पत्ति विवरणलाई तीन स्वरुपमा प्रयोग गर्ने जनाएको छ ।

उम्मेदवार निर्वाचित भएमा निर्वाचन आयोगले निर्वाचित सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नेछ । उम्मेदवार निर्वाचित नभएमा तर उसले पछि विवरण फिर्ता मागेमा निर्वाचन अधिकृतको कार्यालयले सम्पत्ति विवरण फिर्ता गर्नेछ ।

अनि उम्मेदवारले सम्पत्ति विवरण फिर्ता नगरेमा निश्चित अवधिपछि त्यसलाई धुल्याइने भनी आचारसंहितामा उल्लेख गरिएको छ ।

Previous articleराहत प्याकेजका लागि पहल गर्ने मन्त्री गहतराजकाे प्रतिवद्धता
Next articleटिकटक बन्द गर्न माग गर्दै दुई जिल्लामा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here