
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको छ ।
स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नम्बर ४ को कार्यालयमा आईतबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षकसहितको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
सो निर्णय अनुसार सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले डेंगुबाट नगरबासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।





