सकियो खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धि तालिम

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गत शुक्रबारदेखि संचालन गरिएको बिद्यालय खानेपानी, सरसफाई र महिनावारी स्वच्छता सम्बन्धि तीन दिने तालिम सकिएको छ ।

बिद्यालयमा रहेको खानेपानी सरसफाई र महिनावारी स्वचछता समितिका पदाधिकारी शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न संचालन गरिएको तीन दिने तालिम आईतबार सकिएको हो ।

गाउँपालिका शिक्षा शाखाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) द्धारा संचालित सिकाई परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको थियो ।

बिद्यालयलाई सरसफाईमा नमूना बनाउन तथा बिद्यार्थीहरुमा सरसफाईमा सक्रिय बनाउनका साथै किशोरी तथा शिक्षिकाहरुले महिनावारीलाई स्वच्छता व्यवस्थापनमा बिशेष ध्यान पुर्याउनुपर्ने र बिद्यालयमा यसका लागि आवश्यक पहलहरुको शुरुवात हुनुपर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको खजुराका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

तालिममा खजुरा गाउँपालिकाका बिभिन्न वडाको ९ वटा बिद्यालयमा रहेका समितिका पदाधिकारीहरुको सहभागिता रहेको तालिमलाई बलराम सिग्देलले सहजीकरण गर्नुभएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले बताउनुभयो ।

Previous articleडकैतीको आरोपमा २ जना पक्राउ, बन्दुक र गोली बरामद
Next articleबैजनाथका प्रमुख प्रशासकीय अधिकृत ऐडीको सरुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here