
बाँके । शनिबार साँझ नेपालगन्जको वडा नं-२१ को नयाँबस्तीमा दुई युवा समूहबीच झड्प हुँदा एक युवा गम्भीर घाईते भएका छन् ।
शनिबार साँझ दुई युवा समूहबीच भएको धारिलो हतियार प्रहारबाट राज खड्का भन्ने युवाको घाँटी काटिएको छ ।
स्थानीयका अनुसार सहमतिका लागि भेटिएका दुई समूहबीच एक समूहले धारिलो हतियार प्रहार गर्दा खड्काकाे घाँटी कटेको छ भने कम्मरमाथिको ठाउँमा गहिरो घाउ बनेको छ ।
केही समय पहिले ती युवाबीच सामान्य कुटाकुट भएको थियो । त्यही कुरालाई लिएर शनिबार साँझ सहमति गर्ने भनेर जम्मा भएका थिए । स्रोतका अनुसार एक समूहले पहिलेदेखि नै योजना बनाएर गएको र छलफलका क्रममा एक समूहले प्रहार गरेर अर्को समूहकालाई गम्भीर घाईते बनाएको छ ।
घाईते खडकाको घाँटीबाट रगत बगिरहेकाले नेपालगन्ज मेडिकल कलेजमा पुर्याइँदा सम्भव नभएको भन्दै कोलपुर रिफर गरिएको बुझिएको छ । घट्नास्थलमा प्रहरी पुगेको र घट्नाबारे अनुसन्धान शुरू गरेको छ । थप विवरण आउन बाँकी छ ।





