
बाँके । आइतबार जिल्लामा थप २४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका बिभिन्न आइसोलेशन सेन्टरबाट आइतबार २४ जना घर फर्किन लागेका हुन ।
पछिल्लो समय घर फर्किनेहरुको संख्या पनि लगातार बढिरहेको छ । यद्दपि कोरोना संक्रमितको संख्या पनि जिल्लामा दैनिक बढिरहेको छ । घर फर्किने क्रममा आइतबार ६ वर्षीया बालिकादेखि ४८ वर्षका पुरुष गरी ५ महिला र १९ पुरुष रहेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म ७ सय २७ जना डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितको संख्या ९९० पुग्दा ६ जनाको मृत्यु भएको छ ।





