
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा गोष्ठीमा सर्बोत्कृष्ट हुने स्वास्थ्य सस्थालाई सम्मानित गर्नुभएको हो ।
नेपालगञ्ज १३ उदयपुर स्थित उदयपुर स्वास्थ्य चौकी सर्बोत्कृष्ट, नेपालगञ्ज १४ स्थित भवानियापुर स्वास्थ्य चौकी द्धितिय र नेपालगञ्ज २३ स्थित सहरी स्वास्थ्य क्लिनिक तेश्रो उत्कृष्ट स्वास्थ्य संसथाका रुपमा सम्मानित भएका हुन् ।
नगर प्रमुख विष्ट र उपप्रमुख राईले आम नगरबासीले बिश्वास गनेृ गरि सेवा प्रवाह गर्न सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
गोष्ठीमा नेपालगञ्ज उपमहानगरपालिका मातहत संचालित २३ वटैं स्वास्थ्य संस्थाले गत आवको प्रतिवेदन पेश गरेका थिए । सोमबार र मंगलबार भएको समीक्षामा स्वास्थ्यकर्मीसँगै सम्वद्ध वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधीहरुको समेत सहभागिता थियो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले गोष्ठीमा नगरको स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न सुझाव प्राप्त भएको भन्दै गतवर्षका त्रुटी सच्चाएर आगामी दिनमा उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरु कार्यक्षेत्रमा खटिने बताउनुभयो ।
गोष्ठीको समापनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष कौशलकुमार धोवीले नगरभित्रका स्वास्थ्य संस्थाले उत्कृष्ट सेवा प्रवाह गरि जनताको मन जित्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सहयोग कार्यपालिकाले उपलब्ध गराउने बताउनुभयो ।
स्वास्थ्य संस्थामा औषधीको प्रर्याप्तता र बर्थिङ सेन्टरमा सेवा सुधारका पहल गर्न उहाँले महाशाखाको ध्यानाकर्षण गराउनुभयो ।





