
गुलरिया । बर्दियामा प्रारम्भिक कक्षाका शिक्षकहरुका लागि शिक्षामा लैंङ्गिक रुपान्तरण सम्बन्धी तीन दिने शिक्षण तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारीमा संचालित सिकाई परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिकाका परियोजना संचालन भएका बिद्यालयका प्रारम्भिक कक्षाका शिक्षकहरुको सहभागितामा तीन दिने तालिम संचालन गरिएको थियो ।
मंगलबार भएको समापन कार्यक्रममा बोल्दै बर्दिया जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख रेबिका अमात्यले बिकास साझेदार संस्थाहरुले राज्यले पहुँच र सहभागिता जनाउन नसकेको सबै क्षेत्रमा गैससहरुले सेवा दिइरहेको बताउनुभयो ।
यस्तै बर्दियामा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेले शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तरीयताका लागि पैरवी र समन्वय गर्दै आएको आभार व्यक्त गर्नुभयो ।
शिक्षकहरुलाई शुभकामना दिँदै उहाँले लिएको सीप ब्यबहारमा उतारी कक्षा कोठाको सिकाइ कृयाकलाप र सिकाइ उपलब्धी बृद्दि गर्नमा मद्धत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । साथै उक्त उपब्धीको संस्थासंगको समन्वयमा बिधालयस्तरमा अनुगमन गरिने बताउनु भयो ।
प्लान इन्टरनेशनल नेपालको केन्द्रीय कार्यालयका बरिष्ठ प्राबिधिक सल्लाहाकार सिकाइकी लक्ष्मी पाठकले तालिममा लिएका अनुभव, सिकाइहरुलाई ब्यक्तिगत ब्यबहार तथा बिधालय, समुदायमा परिर्वतनको संवाहका रुपमा यसको प्रयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
साथै बिधालयमा लैंङ्गिकमैत्री शिक्षण सिकाई कृयाकलाप, सोहि अनुसारको शैक्षिक सामाग्रीको ब्यबस्थापन र कक्षा शिक्षणमा शिक्षकहरुको लैंगिकमैत्री ब्यबहार हुने तथा बिधालयमा आउँदा देख्न पाइने बिश्वास व्यक्त गर्नुभयो ।
स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा तालिमको समापन गरिएको हो । तालिलाई प्लान इन्टरनेशनल नेपाल केन्द्रीय कार्यालयका बरिष्ठ प्राबिधिक सल्लाहाकार सिकाईकी पाठक, प्लान नेपाल क्षेत्रीय कार्यलयका शिक्षा बिज्ञ बेद प्रसाद डागींले सहजिकरण गर्नुभएको संस्थाका टिमलिडर तथा परियोजना प्रमुख लक्ष्मी प्रसाद शमाले जानकारी दिनुभयो ।
तालिममा राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका ११ बिधालयका २२ जना शिक्षक, स्याक नेपाल बाँकेका कार्यसमिति सदस्यहरु गरि २५ जना सहभागीता रहेको थियो ।





