छैठौं साफ महिला च्याम्पियनसिप शुरु, भुटानलाई हराउँदै नेपाल बिजयी

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरिएको छैठौं महिला साफ च्याम्पियनसिप-२०२२ को उद्घाटन गर्नुभएको छ ।

मंगलबारदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिता उद्घाटनका लागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नुभएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।

मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखि प्रतियोगिता अन्तर्गतका खेलहरु खेलाउन सुरु गरिएको छ ।

जस अन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबीच सम्पन्न भएको छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको छ ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गर्नुभएको छ । सावित्राले खेलको १२औं र ६८औं मिनेट तथा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गर्नुभएको थियो । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।

Previous articleलैंङ्गिक रुपान्तरण सम्बन्धी तीन दिने तालिम गुलरियामा सम्पन्न
Next articleजानकीमा पालिकास्तरीय कोभिड-१९ को अभिमुखीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here