जानकीमा पालिकास्तरीय कोभिड-१९ को अभिमुखीकरण

प्रहलाद बिश्वकर्मा
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको जानकी गाउँपालिका स्तरीय कार्यक्रम अभिमुखीकरण मंगलवार सम्पन्न भएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको समन्वयमा नेरेसो बाँके शाखा मार्फत नरैनापुर र जानकी गाउँपालिकामा उक्त कार्यक्रम संचालन भई रहेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य कोभिड-१९ बिरुद्घको खोप सबैको पहुँचमा हुने गरी गुणस्तरीय, सुरक्षित र सर्वसुलभ रुपमा प्रदानमा समन्वय गर्ने र कोभिडको कारण उत्पन्न हुनसक्ने मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गर्ने रहेको छ ।

उक्त परियोजना पहिलो चरण मार्च देखि जुन-२०२२ सम्म ३ महिना संचालन भएको कार्यक्रमको समिक्षा र जुलाई देखि डिसेम्बर-२०२२ सम्म संचालन हुने कार्यक्रमको बारेमा सरोकारवालालाई जानकारी गराइएको थियो ।जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कोभिड-१९ रोकथामका लागि जानकी गाउँपालिकाले सक्रियताको साथ काम गरिरहेको उल्लेख गर्दै र यस कार्यमा रेडक्रसको सहयोग सरहनीय रहेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव लाल प्रसाद पंगेनीले कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा समुदाय स्तरसम्म जनचेतना मुलक कार्यक्रम संचालन गरी खोप अभियानलाई थप प्रभावकारी बनाउदै आएको बताउनु भयो ।

नेरेसो जानकी उपशाखाका सभापति दुःखीराम लोनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विषयगत शाखाका प्रमुख, स्वास्थ्य चौकीका प्रमुख, नेरेसो लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनी, बाँके शाखाका उपमन्त्री तेजबहादुर सुवेदी, नेरेसो जानकी उपशाखाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो भने अभिमुखीकरणको सहजीकरण जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना र नेरेसो बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।

Previous articleछैठौं साफ महिला च्याम्पियनसिप शुरु, भुटानलाई हराउँदै नेपाल बिजयी
Next articleबुवाको सम्झनामा विद्यालयमा साढे एक लाखको अक्षयकोष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here