बुवाको सम्झनामा विद्यालयमा साढे एक लाखको अक्षयकोष

रोल्पा । रोल्पामा एक परिवारले स्वर्गीय बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

रोल्पा नगरपालिका वडा नं. १ मेवाङका नोखराज पोख्रेल र शिवराज पोख्रेलले तारा माध्यमिक विद्यालयको नाममा एक लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका गर्नुभएको हो ।

बुवाको वार्षिक तिथिमा मंगलबार उनीहरूले रोल्पा नगरपालिका १ वामरुकमा रहेको तारा माध्यामिक विद्यालयलाई एक लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक विद्यालयका प्रधानाध्यापक ओविलाल महरा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर कुँवरलाई हस्तान्तरण गरिएको थियो ।

अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत कक्षा ५ र ८ का उत्कृष्ट विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रतिभाशाली र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक महराले जानकारी दिनुभयो ।

Previous articleजानकीमा पालिकास्तरीय कोभिड-१९ को अभिमुखीकरण
Next articleकोहलपुरमा भुमिहिनलाई लालपुर्जा बितरण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here