
कोहलपुर । बाँकेको कोहलपुरमा नगरपालिकाले भुमिहिनलाई लालपुर्जा बितरण शुरु गरेको छ । नगरपालिकाले बुधबार कोहलपुर वडा नं ४ बाट भूमिहिनलाई लालपुर्जा बितरण कार्य शुरु गरेको हो ।
वडा नम्बर ४ को गोहवा र बेलनपुरमा गाउँ ब्लकका १ सय १ घरधुरीलाई मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगिता सुवेदी र वडा नम्बर ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले जग्गाधनी लालपुर्जा वितरण गर्नुभएको छ ।
लालपुर्जा वितरण गरिसकेपछि मेयर आचार्यले संविधानमा भएको ब्यवस्था अनुसार नागरिकका हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको प्रष्ट्याउनुभएको थियो ।
मेयर आचार्यका अनुसार नापी कार्यालयबाट जग्गा नाप्ने काम दु्रत गतिमा भइरहेकोले केही महिनामा सबै वडामा लालपूर्जा वितरण हुने छ ।





