
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्रको शिलन्यास भएको छ ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले बिहिवार उक्त केन्द्रको शिलान्यायस गर्नुभएकाे हाे ।
सिकलसेलका बिरामीलाई लक्षित गरेर जानकी गाउँपालिका-३ नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो ।
सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र अन्यमा सिभिल होम लगायत पार्किङस्थल, खेल मैदान र बगैँचा निर्माण गरिने छ ।
उद्घाटन कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त बिष्ट, जानकी गाउँपलिका अध्यक्ष छब्बन खाँ, राप्तीसाेनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारू, जानकी वडा न-३ का वडा अध्यक्ष राजकुमार कुर्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगयतकाे उपस्थिति रहेकाे थियाे ।





