
नेपालगन्ज । डुडुवा गाउँ पालिका वडा नम्बर दुईमा नेपाल शिवसेना समर्थित स्वतन्त्र उम्मेदवारको सचिवालय उद्घाटन गरिएको छ ।
बाँके क्षेत्र नम्बर दुई प्रदेश (क) मा नेपाल शिव सेना समर्थित स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले चुनावी अभियानको सचिवालय उद्घाटन गरिएको हो ।
बाके क्षेत्र नम्बर २ (क) मा शिव सेनाको तर्फबाट राजकुमार रौनियारले उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।
सचिवालयको उद्घाटन उम्मेदवार राजकुमार रोैनियाले गर्नुभयाे भने नेपाल शिव सेनाका केन्द्रीय सचिव शेर बशादुर शाही, केन्द्रीय सदस्य राजेश के यादव, जिल्ला अध्यक्ष शुभम गुप्ता, जिल्ला सदस्य दिपेन्द्र जैसवाल , चिन्तामणि पोख्रेल , विनोद लोध, हेमराज बर्मा, राजकुमार लुनिया , नगर अध्यक्ष सुनिल केसी लगायतको उपस्थिति रहेको थियोे ।
उता बाके क्षेत्र नम्बर दुई (क) का स्थानीयले शिव सेनाको उम्मेदवार रौनियारलाई विजय गराउने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
सचिवालय उद्घाटन समारोहको सभापति गंगा सागार बर्माले बाँकेमा शिव सेनामय भैरहेकोले जित सुनिश्चित रहेको बताउनुभएकाे थियाे ।
त्यस्तै प्रमुख अतिथि किशोर लामाले प्रदेश (क) का उम्मेदवार रौनियार र क्षेत्र नम्बर दुई प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिवाकर खनाललाई जिताउन बाँकेबासी तयारी अवस्थामा रहेको बताउनुभयाे ।
उक्त कार्यक्रम नेपाल शिव सेनाका जिल्ला प्रवक्ता वेद प्रकाश जैशवालले संचालन गर्नुभएकाे थियाे ।





