क्यान्सर अस्पताल समितिका नवनियुक्त अध्यक्ष मल्लद्वारा पदभार ग्रहण

हरि अधिकारी, खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितिको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गर्नुभएकाे छ ।

पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पुर्याउने बताउनुभयो ।

क्यान्सर अस्पतालमा थप्नुपर्ने पुर्वाधार होस या सेवाहरु जसको लागि आफू हरसम्भव कोसिस गर्दै अस्पताललाई क्यान्सर विशेषज्ञ अस्पताल बनाउन लागिपर्ने र सोको लागि कर्मचारी तथा स्थानीयको सहयोगको अपेक्षा राख्नुभयाे ।

खजुरामा क्यान्सर अस्पताल स्थापना भएपछि पश्चिम नेपालका बिरामीलाई उपचारमा सहज भएकाे छ भने अस्पतालले ओपिडी सेवा शुरू गरेपछि खजुरा, बैजनाथ लगायत क्षेत्रका जनतालाई झनै सहज बनेकाे छ ।

Previous articleछाडा पशु चौपाया ब्यवस्थापनको पहल
Next articleमानसिक स्वास्थ्यका लागि नेपालगन्ज-४ मा शिबिर संचालन हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here