
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा मानसिक समस्या भएकाहरूकाे लागि सुवर्ण अवसर मिल्ने भएकाे छ ।
मानिसक समस्या भएका बिरामीहरूलाई स्थानीय टाेलमै स्वास्थ्य सेवा पुर्याउन वडा न-४ ले त्यस्ता बिरामीलाई सुवर्ण अवसर प्रदान गर्ने भएकाे हाे ।
त्यसका लागि वडा कार्यालयले बिश्व आत्महत्या राेकथाम दिवस -२०२२ काे अवसरमा २५ गते शनिबार स्वास्थ्य शिबिरकाे आयाेजना गरेकाे छ । बिहान ९ बजेदेखि शिबिर संचालन हुनेछ ।
मानसिक समस्या भएकाहरुलाई उपचार र परामर्श सेवा प्रदान गर्न शिबिरकाे आयाेजना गरिएको र शिबिरमार्फत नशा तथा मनाेराेग बिशेषज्ञ डा.ऎनुद्दिन बागवानले सेवा प्रदान गर्ने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिनुभयाे ।
शिबिरमा सहभागी बिरामीहरुलाई नि:शुल्क औषधी समेत बितरण गरिने जनाईएकाे छ ।





