अछामको निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) मा बोहराको चर्चा

अछाम । अछामको निर्वाचन क्षेत्र १ प्रदेश सभा (ख) को लागि उपयुक्त उम्मेदवार लोक बहादुर बोहरा (अविरल) को नाम चर्चामा आएको छ ।

यही मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन मध्ये प्रतिनिधि सभा निर्वाचन अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (ख) प्रत्यक्षतर्फ उम्मेदवारका रुपमा राजनीतिज्ञ, बौद्धिक, इमानदार, विकासप्रेमी, दुरदर्शी तथा काँग्रेस र एमालेलाई समेत सन्तुलनमा राख्न सक्ने नेता लोकबहादुर बोहरा (अविरल) को नाम चर्चामा रहेको छ ।

प्रतिनिधि सभा निर्वाचन अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (ख) प्रत्यक्षतर्फ बोहरा लगायत अर्जुन धामी, झंकर बहादुर साउद (भाष्कर) झपड साउद, नयन बहादुर शाह, दिपक साउद, रविन्द्र साउद, पहल साउद, लोक बहादुर बोहरा (ज्वाला) लाई निर्वाचन परिचालन समितिले उम्मेदवार सिफारिस गरेको छ ।

बोहराका (अविरल) २०४० साल वैशाख १ गते स्वर्गीय पिता प्रेम सिंह बोहरा र स्व.आमा जलुदेवी बोहराको कोखबाट साविकको षोडशादेवी गाविस वडा नम्बर ३ झडिगाउँ अछाममा जन्मिनु भएको हो । ५ वर्षको कलिलै उमेरमा आमाको निधन र १२ बर्षको हुँदा के खाउ के लाउ भन्ने उमेरमा बुवाको दुखद निधन संगसंगै साना साना दुधे भाइ बहिनीको संरक्षण गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुभएको थियो । ‘सानै उमेरमा जिम्मेवारी निर्वाह गर्दा थुप्रै हन्टर खाए,’ बोहराले भन्नुभयो, ‘यसले मलाई जिउने आधार दिएको छ, म को हुँ भन्ने चिनाएको छ ।’

किताब कपीको अभावमा जसोतसो विद्ययालय जीवन पार गर्नुभएको बोहराले नन्देश्वरी माध्यमिक बिद्यालयबाट २०५७ सालमा एस एल सी पास, २०६२ सालमा जनता उच्च माविबाट १२ कक्षा पास, २०६८ सालमा आर आर क्याम्पस काठमाडौबाट राजनीतिक शास्त्रमा स्नातक पास र जयमालिका कलेज बाट २०७८ सालमा बिएसडब्लु पास गर्नुभएको हो ।

जीवनको उर्जाशील समय २ बर्ष कालिका प्रा.वि.झडिगाउँमा शिक्षकको रुपमा पढाउनु भयो । विद्यालय स्तरदेखि नै अन्याय र अत्याचार विरुद्ध आवाज उठाउन पछि नपर्ने, जहानिय राणाशासन, पञ्चायती व्यवस्थाको अन्त्य र अन्याय देख्नै नसक्ने बानीकै कारण तत्कालीन नेकपा माओवादी पार्टी हालको नेकपा माओवादी केन्द्रमा आवद्ध भई वि.स.२०५४ सालमा अनेरास्ववियु को इलाका कमिटी सचिव, २०५५ मा नेकपा (माओवादी) पार्टीको सम्पर्कमा हुँदै २०५६ पौष १४ गते पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

वि.स.२०५७ देखि २०५८ सालसम्म वडा प्रमुख हुँदै गाउँ जनसरकार प्रमुखको जिम्मेवारी समेत समाल्नुभयो । २०५८ पौष २९ गतेबाट पार्टीको पुर्णकालिन सदस्य, २०५९ देखि अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सदस्य हुँदै सहसचिवको सफल भुमिका निर्वाह२. २०६० सालमा पार्टीको इलाका सेक्रेटरी हुँदै जिल्लाका विभिन्न इलाकामा पार्टी विस्तार, २०६१ सालमा जिल्ला कमिटी सदस्य भै विभिन्न इलाकाको इन्चार्ज को सफल भुमिका निर्वाह, २०६५ सालमा पार्टीको सेती महाकाली राज्य समिति सदस्य रहि विभिन्न भूगोल र विभाग को सफल जिम्मेवारि निर्वाह गर्नुभएका उँहा २०६८ सालमा माओवादी पार्टीको अछाम जिल्ला सचीव र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य र हाल नेकपा (माओवादी केन्द्र) सुदुर प्रदेश कमिटी सदस्य तथा अछाम जिल्ला सह इन्चार्ज समेत रहनु भएको छ ।

‘देशको व्यवस्था बदल्न, अवस्था बदल्न, गरिबी, भोकमरी, बुर्जुवा शिक्षाको अन्त्य, लैङ्गिक समानता, जातीय विभेद अन्त्य, गाउँ गाउँमा सिंहदरबारका सुविधा ल्याउने लगायतका थुप्रै विषयलाई मुल मुद्दा बनाएर जनता माझ होमिने क्रममा १० बर्षे जनयुद्धका ती कठिन क्षणहरु कैयौं रातभरि न नदिएका आँखा, पानी समेत खाना नपाएका ती संघर्षका दिनहरु, कैयौं छाक भोकै रहेको पेट, दौड्दा दौड्दा कोरिएका थिच्चिएका खुट्टा, अब के पो हुने हो भन्ने मनमा सन्त्रास, जङ्गलको बास, सरकार पक्षबाट आकासमा उडने विमानले धर्तिमा क्रान्तिका लागि निरन्तर खटिरहेका क्रान्तिकारीको टाउकामा बर्साइएका गोलीको बण्याङ बुणुङ आवाजले अझै झस्काईरहन्छ ।,’ बोहराले सम्झँदै भन्नुभयो ।

‘अछाममा हुने तत्कालीन वेथिति, विसंगति, कुरिति, कुसंस्कार, ज्यादती, मिचाहा, फटाहा प्रवृत्तिकाविरुद्ध उहाँले सडकदेखि सरोकारवाला निकायसम्म पुर्याउनु भएको आवाजको प्रतिफल हो, अहिलेको स्वतन्त्र नेपाल, स्वतन्त्र अछाम । त्यो समय अछामका छोटे राजाहरुले समेत दरबार त्याग गरेर भागेका थिए ।’, उहाँले सम्झनुभयो ।

जनयुद्धकालको समय होस कि, तत्कालको समय होस, आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति, विकासे क्रान्तिका निम्ति जनता माझ पुग्ने क्रममा अछामको क्षेत्र नम्बर १ मा मात्र नभएर क्षेत्र नम्बर २ मा समेत उहाँको राम्रो प्रभाव छ ।

क्षेत्र नम्बर १ को विकास हुनुमा उहाँको पनि केही प्रतिशत योगदान रहेको छ । अछाम क्षेत्र नम्बर १ को माटो चिनेका, त्यहाँको जनजीवनसंग प्रत्यक्ष घुलमिल भएको, माटो सुहाउँदो विकास गर्ने दृष्टि भएको, देशको समग्र राजनीति बुझेको, पार्टीले मात्र नभइ जनताले समेत योग्य ठानेको, विकास गर्नका निम्ति प्रविधि चाहिन्छ, तालिम चाहिन्छ भन्ने विचार बोकेको उहाँ नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघको केन्द्रीय उपाध्यक्ष, हिलसाइड पोलिटेक्निक ईन्स्टिच्युट अछामका अध्यक्षको भूमिकामा समेत हुनुहुन्छ ।

देशमा भएका झुपडीदेखि महलमा बस्ने सेवा तथा सामानको प्रयोग सम्पुर्ण उपभोक्ताहरुको संरक्षणको निम्ति गठित महासंघ, नेपाली उपभोक्ता संरक्षण महासंघको केन्द्रीय सदस्य समेत उहाँ हुनुहुन्छ । यदि जनता र पार्टीले एक कुशल संगठन, बौद्धिक, क्षमतावान, निष्ठावान, निडर, प्रष्ट वत्ता, दुख खेपेको, संघर्षशील, उर्जाशील, लगनशील, अध्ययनशील व्यक्ति नै देश विकासको मेरुदण्ड उहाँले प्रष्ट बुझ्नुभएको छ ।

Previous articleडेंगी नियन्त्रण गर्न सर्वसाधारणको सक्रियता आवश्यक : सरोकारवाला
Next articleउदयपुर स्वास्थ्य चौकीका कर्मचारी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here