उदयपुर स्वास्थ्य चौकीका कर्मचारी सम्मानित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१३ उदयपुरस्थित स्वास्थ्य चौकीले शुक्रबार आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य सेवा सूचांकका आधारमा उदयुपुर स्वास्थ्य चौकी उत्कृष्ट संस्थाका रुपमा घोषणा भएको भन्दै संस्थाले आफ्ना कर्मचारीलाई सम्मान प्रदान गरेको हो ।

स्वास्थ्य संस्थालाई उत्कृष्ट बनाउन कर्मचारीको ठुलो योगदान रहन्छ, कर्मचारी बिना कुनैपनि संस्थाले प्रगति गर्न सक्दैन्, कर्मचारी नै संस्थाका पिलर हुने भन्दै सेवारत कर्मचारीहरुको थप हौसला प्रदान गर्न स्वास्थ्य संस्थाले सम्मान प्रदान गरेको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, नेपालगञ्जका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, हेल्थ असिस्टेन्ट तेज वली लगायतको उपस्थितिमा कर्मचारीलाई सम्मान गरिएको हो ।

Previous articleअछामको निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) मा बोहराको चर्चा
Next article१ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार महाविर पुनलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here