१ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार महाविर पुनलाई

काठमाडौं । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको थियो । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिनेछ ।

पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ ।

Previous articleउदयपुर स्वास्थ्य चौकीका कर्मचारी सम्मानित
Next articleस्वास्थ्य क्षेत्रलाई नम्बर एक बनाऔं : अध्यक्ष खाँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here