
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पलिकालाई स्वास्थ्यमा नम्बर एक बनाउन स्वास्थ्यकर्मीसंग आग्रह गर्नुभएको छ । उहाँले पालिकालाई स्वास्थ्यमा बलियो बनाउन सकेमात्रै अन्य कुराहरुमा सुधार सहज हुने बताउनुभयो ।
नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दुई दिने स्वास्थ्य समिक्षा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष खाँले स्वास्थ्य क्षेत्र बलियो भएमात्र अन्य क्षेत्र बलियो बन्न सहयोग हुने बताउनुभयो । उहाँले पालिकालाई स्वास्थ्यमा नम्बर एक बनाउन स्वास्थ्यकर्मी अझ सक्रिय भएर लाग्नुपर्ने र आवश्यक सहयोग पालिकाले गर्ने बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले पालिकाका स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी भएको र यसलाई अझ प्रभावकारी बनाउन सबैको दायित्व उत्तिकै रहेको बताउनुभयो ।
सामाजिक विकास संयोजक राम अचल धोबीको अध्यक्षतामा शुरु भएको समिक्षा कार्यक्रमको उद्घाटन शत्रमा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख बाँकेकी सुनिता पौडेल, जानकी स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, जनस्वास्थ्य निरीक्षक तामलाल बेलबासे लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
जानकी गाउँपालिका मातहतका १ देखि ६ नम्बर वडासम्म रहेका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०७८/०७९ मा भएका सेवा, अवस्थाका बारेमा समिक्षा गरिनेछ ।





