नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन

नेपालगञ्ज । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन हुनुभएको छ ।

समाज बाँकेका अध्यक्ष पदमा बस्नेत (पिन्की) को अध्यक्षतामा शुक्रबार नेपालगञ्जमा बसेको सक्रिय स्वयंसेवी रक्तदाताहरुको बैठकले शाहको अध्यक्षतामा ११ सदस्यीय बाँके शाखा पुनर्गठन गरेको हो ।

समाजको उपाध्यक्ष मनबहादुर केसी, सचिव भीष्म लोध र कोषाध्यक्ष मनमोहन वर्मा चयन हुनुभयो । यसैगरी समाजको सदस्यहरुमा रुपा गहतराज, दिनेश ठाकुर, मीना तुलाधर, सुनिल परियार, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, होमराज गिरीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

बैठकले समाजको रक्तअभियन्ताहरुको ७ सदस्यीय सल्लाहकार गठन गरिएको छ । वरिष्ठ पत्रकारहरु पूर्णलाल चुके, झलक गैरे, शंकरप्रसाद खनाल, राकेशकुमार मिश्र, पदमा बस्नेत (पिन्की), समाजसेवी माधवराम वर्मा र पवन जायसवाललाई समाजको सल्लाहकार चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शाहले रक्तदान जस्तो उत्कृष्ट निःस्वार्थ मानव सेवा अरु कुनै नभएकाले रक्तदान गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

Previous articleस्वास्थ्य क्षेत्रलाई नम्बर एक बनाऔं : अध्यक्ष खाँ
Next articleखैरो हिरोईनसहित २३ वर्षीय बाेहरा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here