
घाेराही । दाङ प्रहरीले खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले भाद्र १७ गते सांझ अंन्दाजी ६ बजेको दाङकाे राजपुर गाउँपालिका वडा नं.५ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं.१५ शुभकामना टोल बस्ने २३ वर्षीय रबिन बाेहरालाई पक्राउ गरेकाे शनिबार सार्वजनिक गरेकाे हाे ।
लागु औषध (खैरो हिरोईन) को कारोबार भईरहेकाे सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दामु पुनको कमाण्डमा खटिएको टोलीले बोहरा तथा कोठाको खानतलासी गर्दा लगाएको पाईन्टको खल्तीबाट १२ वटा पुडिया लागु औषध (खैरो हिरोईन) जस्तो देखिने ५ ग्राम १२० मिलि ग्राम बरामद गरेकाे थियाे ।





