बाँकेका ४७ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण

स्वास्थ्य परिक्षण गराउँदै पत्रकार दुर्गा रोकाया

नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाँकेका पत्रकारको शनिबार निःशुल्क मृगौला परिक्षण गरिएको छ ।

पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगञ्जको सह-आयोजनामा ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको हो ।

अस्पतालका रेडियोलोजिष्ट डा.रबि भुषणप्रसाद चौरसिया, प्याथोलोजिष्ट डा.सर्मिला गुप्ता, डा. दिपक जैसवाल, डा.सुभम गुप्ता लगायतको टिम पत्रकारहरुको उपचारमा खटिएको म्यानेजर किरण ऐरीले जानकारी दिनुभयो ।

परिक्षण गराएका केहीको मृगौलाको अवस्था सामान्य भएपनि अधिकांस पत्रकारमा पथ्थरी, फ्याटी लिभर (ग्रेट वान-टु), मृगौला सुन्निएको, मृगौला र पिसाबमा इन्फेक्सन, सुगर लगायत समस्या देखिएको उहाँले बताउनुभयो ।पत्रकारको मृगौला परिक्षण गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर, वरिष्ठ पत्रकार जे.पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, जिल्ला सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्ताको योगदानबारे चर्चा गर्नुभएको थियो ।

स्वर्गिय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्रका लागि पनि उत्तिकै योगदान गरेको बक्ताहरुले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् नेपालगञ्जका पुर्वमेयर विजय गुप्ताले आफ्ना पिताले पत्रकारिता क्षेत्र, लोकतन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर स्वरुप मान सम्माान प्राप्त गरेको बताउनुभयो ।

उहाँले पत्रकारकै संघ, संगठनको संयुक्त पहलमा आफ्ना स्वर्गिय पिताको सम्मान स्वरुप नेपालगञ्जमा चोक नामाकरणले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव चौलागाईले गर्नुभएको थियो । स्वर्गिय गुप्ताको यही भदौं २७ गते ९४ औं जन्मजयन्ति मनाइँदैछ ।

जन्मजयन्तीका अवसरमा आश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाउने, रक्तदान, अन्तरक्रिया लगायत कार्यक्रम पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।

Previous articleविश्व प्राथमिक उपचार दिवस : घटना अभ्यास र किट वितरण
Next articleजानकीका उत्कृष्ट तीन स्वास्थ्य संस्था सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here