जानकीका उत्कृष्ट तीन स्वास्थ्य संस्था सम्मानित

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा आर्थिक वर्ष २०७८/२०७९ मा गुणस्तरीय सेवा प्रवाह गर्ने तीन स्वास्थ्य संस्था उत्कृष्ट घोषित भएका छन् । जानकी गाउँपालिका स्वास्थ्य शाखाले वार्षिक स्वास्थ्य समिक्षामार्फत गुणस्तरीय सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई उत्कृष्ट घोषणा गरेको हो ।

उत्कृष्ट हुनेहरुमा बेलभार स्वास्थ्य चौकी, साईगाउँ स्वास्थ्य चौकी र गनापुर स्वास्थ्य संस्था रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले जानकारी दिनभुयो ।उत्कृष्ट घोषित भएका स्वास्थ्य संस्थाका प्रमुखसहितका कर्मचारीलाई प्रशंसा पत्रले सम्मानित गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, सामाजिक बिकास संयोजक राम अँचल धोबीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

स्वास्थ्य शाखा प्रमुख रानाका अनुसार यसबाहेकका स्वास्थ्य संस्थाले पनि गुणस्तरीय सेवा प्रदान गरिरहेका छन् । समिक्षा कार्यक्रमको समापनमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले स्वास्थ्य संस्थाहरुले उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरामा देखाएको गम्भीरताले संस्थालाई अझ उत्कृष्ठ बनाउन सहज हुने बताउनुभयो । सामाजिक बिकास संयोजक धोबीको अध्यक्षमा भएको समिक्षाको समापन भएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments