
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० राँझास्थित आदर्श माध्यमिक बिद्यालयमा निःशुल्क आँखा शिबिर तथा स्वास्थ्य परिक्षण शिबिर संचालन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी मनिकापुर उपशाखाको आगोजनामा संचालन भएको उक्त शिबिरमार्फत ५५ जनामा मोतिया बिन्दुको समस्या रहेको देखिएको छ । उनीहरुमा रहेको मोतिया बिन्दु अप्रेशन गर्नुपर्ने अवस्था रहेको छ ।
साधारण समस्या भएका बिरामीलाई निः शुल्क रुपमा आँखामा राख्ने औसधी गरिएको छ भने सहुलियत दरमा चश्मा बितरण गरिएको छ । यस्तै शिबिरमार्फत ३६५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । समस्या देखिएका बिरामीलाई निःशुल्क औषधी समेत बितरण गरिएको छ ।
शिबिरमा १५ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । यस्तै आदर्श माबिका १५ जना बिद्यार्थीले स्वयंसेवकका रुपमा परिचालन भएका थिए । नेरेसोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकीको प्रमुख आथित्यतामा सम्पन्न शिबिरमा ३६० जनाको आँखा परिक्षण गरिएको थियो ।
शिबिरमा जर्नरल फिजिसियन डा.सुवास जिसी, ग्यास्ट्रोतर्फ डा.गौरब श्रेष्ठ, डा.श्याम शाह, डा.खेमा भण्डारी, सुमन गिरी, रेन्जु श्रेष्ठ, बसन्ती बिसी, करन बर्मा, सिजन खनाल र समुन्द्र वलीले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । यस्तै डा.कमल किशोर जोशी नेतृत्वको टोलीले आँखा शिबिर स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
नेपालगञ्ज आँखा अस्पताल, हरपल होलिस्टिक होमकेयर सेन्टर, नेपालगञ्ज मेडिकल कलेज, मनमाया मेमोरियल फिजियोथेरापी सेन्टर, लायन्स क्लब अफ नेपालगञ्ज एभरेष्टको समन्वय सहकार्यमा उक्त शिबिर संचालन भएको थियो ।





