
हरि अधिकारी, खजुरा । पछिल्लो समय देशभरी नै डेंगु रोगको संक्रमण बढ्दै गएपछि त्यसका नियन्त्रणका लागि बाँकेको खजुरा गाउँपालिकामा सरोकारवालासंग छलफल गरिएको छ ।
रोगको नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव लगायतका बिषयमा खजुरा गाउँपालिका स्वास्थ्य शाखाले सरोकारवालासंग बुधबार छलफल गरेको हो ।
छलफलमा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बिकले डेंगु रोग नियन्त्रणका लागि जनचेतनाको बिकास गर्दै सरसफाईको गति विधि संचालन गर्न अनुरोध गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले देशभरी नै महामारीका रुपमा डेंगुको संक्रमण बढेकाले यसको नियन्त्रणका लागि आवश्यक कार्यहरु आम जनता सबैले गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस रोगको नियन्त्रण गर्न मुख्यतया सरसफाई, पानी जम्ने स्थानको सरसफाई तथा व्यवस्थापन रहेको बताउनुभयो ।
पालिकाका स्वास्थ प्रमुख दिपक ढकालले यस रोगको संक्रमण नियन्त्रणका लागि पालिकाका सबै स्वास्थ्यकर्मी समेत लड्न तयार रहेको भन्दै आवश्यक कार्यहरु संचालन गर्ने बताउनुभयो ।
गाउँपालिका प्रवक्ता धनिराम वलिले जनताको स्वस्थ्यलाई स्वास्थ राख्न कुनै कसर बाकी नरख्ने बताउनुभयो । कार्यक्रममा पालिकाको जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, पत्रकार तथा सरोकार वालाको उपस्तिथि रहेको थियो ।





