जनता मा.बि.पुर्ब विद्यार्थी समाजको अध्यक्षमा झबिलाल शर्मा चयन

खजुरा । बाँकेको जनता माध्यमिक बिद्यालय पुर्ब विद्यार्थी समाजको बृहत् भेला सम्पन्न भएको छ ।

शनिबार बसेको भेलाले झबिलाल शर्माको नेतृत्वमा तदर्थ समिति चयन गरेको छ । यस्तै भेलाले सर्बसम्मत रुपमै सल्लाहकार समिति समेत चयन गरेको छ ।

गठित समितिको उपाध्यक्षमा पुर्ण चन्द्र उपाध्याय, सचिवमा ई बिबेक लामिछाने, सह सचिवमा सुजाता खरेल, कोषाध्यक्षमा ऋचा श्रेष्ठ र सह कोषाध्यक्षमा रत्ना कार्की रहनुभएको छ ।यस्तै महिला सदस्यद्धयमा लक्ष्मी के सि र सीता बोहरा रहनुभएको छ भने सदस्यहरुमा प्रचण्ड गौतम, बिष्णु पौडेल, कुन्ता खत्री, लक्ष्मी केसि ओलि, गैर आवासिय र अन्तर्राष्ट्रिय सदस्यमा किरण शाह पदेन सदस्य सचीवमा टंकनाथ दाहाल चयन हुनुभएको हो ।

यसैगरी सल्लाहकार समितिमा डा.पिताम्बर सुवेदी, डा.जित बहादुर चन्द, डा.प्रचण्ड गौतम, भुवन गैरे, राजेन्द्र आचार्य, खडानन्द भट्टराई, लाल बहादुर खत्री र दिल बहादुर पौडेल रहनुभएको छ ।

समितिको संरक्षकतर्फ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केरसिङ थापा र प्राचार्य महेन्द्र कुमार खत्री रहनुभएको छ । भेलालाई खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले सम्बोधन गर्दै गठित तदर्थ समितिलाई शुभकामना दिनुभएको थियो ।

Previous articleनरैनापुरको पचपेडुुवाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
Next articleजानकीमा ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here