जानकीमा ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गरिँदै

मानपुर । जानकी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्दैछ । गाउँपालिकाले एक सूचना जारी गर्दै आवश्यकता भएका किसानलाई अनुदानको बिउ लिन आव्हान गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०७९/८० को संघीय शसर्त अनुदानतर्फ खाद्यान्न बालीको उन्नत बिउ उपयोग अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्न लागेको जनाएको छ ।

बिजय, गौतम र भृकुटी जातका बिउहरु बितरण गरिनेछ । कृषि गरेका र उन्नत बिउको प्रयोग गर्न चाहने किसानलाई असोज १४ गतेभित्र सम्बन्धित वडा कार्यालय तथा कृषि बिकास शाखामा माग निवेदन पेश गर्न अनुरोध गरेको हो ।

Previous articleजनता मा.बि.पुर्ब विद्यार्थी समाजको अध्यक्षमा झबिलाल शर्मा चयन
Next article‘प्रेमगीत-३’ ले भारतमा कति कमायो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here