
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाँकेले बिजया दशमी, दिपावली, छठ तथा नेपाल संबत् जस्ता नेपाली चाडको उपलक्ष्यमा आफ्ना सदस्यहरुका माझ शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
असोज ११ गते धम्बोझी मा.वि. नेपालगञ्जमा आयोजित कार्यक्रममा पालिका समितिका अध्यक्षहरु, इन्चार्ज तथा आमन्त्रित अतिथिहरुले शुुभकामना मन्तव्य दिनुुभएको थियो ।
जिल्ला समिति अध्यक्ष रेखा धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ लुुम्बिनी प्रदेशश सदस्या चिरञ्जिवी सुुवेदी, संगठनका राष्ट्रिय समिति सदस्य बामदेव सुुवेदी र ने.क.पा.एमाले बाँकेका अध्यक्ष किस्मत कुुमार कक्षपती अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
शुुभकामना आदानप्रदान कार्यक्रमकै क्रममा ९ जना नयाँ शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भएको जिल्ला सचिव बाबुुराम अधिकारीले बताउनुुभयो ।





