खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिनुभएको छ । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशबिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरुलाई मन्त्री अथकले बधाई दिनुभएको हो ।

मंगलबार बेलुका नेपाल र बंगलादेश बिचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथकले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिनुभएको छ । बिजयी सेलिब्रेशन गरिरहेका खेलाडीहरुलाई साथ दिन मैदानमै उत्रिनुभएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगातएका खेलाडीसँग केही समय भलाकुसारी समेत गर्नुभयो ।

प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरुको हौसला समेत बढाउनुभएको थियो । मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

Previous articleशिक्षक संगठन, बाँकेद्धारा शुुभकामना आदान प्रदान
Next articleकोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here