
✒️हेमन्त राज काफले
नेपालगन्ज सहर पृथक अरु सहर भन्दा फरक छ , यहाँ बिबिधतामा एकता छ यहाँका मानिसहरू निकै अजिब सङ्ग मिलेका छ्न । धार्मिक सहिष्णुताको अलौकिक चिनारी छ यहाँ । हिन्दुको दशै तिहार होलिमा मुस्लिम रमाउछ्न र मुस्लिमको मोहरम ईदहरुमा हिन्दु रमाउछ्न। निकै अनौठो तरिकाले मिलेका छ्न यहाँका मानिसका मनहरु , एक बेग्लै सदभाबको सहरको रुपमा चिनिएको छ यो । ७७ जिल्लाका मानिस मिलेर बसेको सहर हो यो अझ भनौ भने नेपालमात्र नभैइ भारत बाट पनि आएर यहाँ बसेकाछ्न । नेपालगन्ज लाई स्वच्छ ब्यापारिक केन्द्रबिन्दुको सहरको रुपमा पनि चिन्न सकिन्छ। नेपालगन्ज आज होईन सयौ बर्ष देखि कर्णाली र सुदुरका मानिसहरुको किनमेल गर्ने थलो हो। धेरै मानिसहरूको सपना र जिन्दगी बोकेको छ यो सहरले । थुप्रै मानिसहरुको जीवन पनि परिबर्तन गरेको छ नेपालगन्जले ।
निकै उत्साहित थिय नेपालगन्ज बासीहरु आफ्नो ठाउमा बिकास प्रेमी दुई नेतालाई जिताउदा माननिय मोहम्मद ईस्तियाक राई र मेयर धवल सम्सेर राणा दुबै फरक पार्टीका फरक बिचारका हरेक तरिकाले हेरे दुबै फरक , जनतालाई पार्टीको के मतलब जनता बिकास चाहान्छ्न , जनता अबसर चाहान्छ्न , जनता समय सापेक्ष आयामिक परिबर्तन चाहान्छ्न ईनि दुबै नेतामा सबै गुणले युक्त छ्न दुबै जन प्रेमी हुन दुबै बिकास प्रेमी हुन तुलना गर्ने ठाउँ नै छैन जो कोहि मेयर बन्न सक्दैन जो कोहि सांसद या मन्त्री बन्न सक्दैन वास्तविक कार्यकौसल र छ्मताले नै दुबै यहाँ सम्म पुगेका छ्न र आज जनजनको मनमा बस्न सफल भएकाछ्न।
यो बिकास उस्ले गरेको भनेर दुबैमा तनाब हुनुको सट्टा खुसी बाड्नु पर्ने हो एक अर्कामा आरोप प्रत्यारोप भन्दा कसरी अगाडि बढाउने भनेर सङ्गै बसि योजना तर्जुमा गर्ने हो । अहिले दुबै नेता कुनै पार्टी विशेषले जिताएर नेता भएका होईनन। सम्पुर्ण जनताको सहयोग र जनताकै आशै आशका कारण उनिहरुले जितेका हुन वुझ्नु पर्ने कुरा चाहिँ जनता भन्दा माथी कोहि छैन र जनतालाई आँखा छल्ने काम कसैबाट हुनु हुदैन अबका जनता सङ्ग धेरै जानकारी छ संघीयताले शिक्षाले मानिसहरुमा थुप्रै चेतना दिएको छ । दुबैको बादबिबाद र एक अर्का प्रतिको आरोप जनताले सबै बुझेका छन।
आखिर दुबैजना यो क्षेत्रको आवस्यक हो , यो क्षेत्रले संभावना देखेरै जिताएका हुन जनताले तर जो जनतामा बास्तबिक अपेक्षा थियो त्यस्तो हुनै सकेको छैन । एउटाले गर्न खोजे अर्कोले भाजो हाल्ने अर्कोले गरे अर्काले भाजो हाले बिकासका मुनाहरु कसरी पलाउलान । बिकासकालागी त मिल्नु पर्छ राजनीति भन्दा धेरै माथी उठ्नु पर्ने हुन्छ निकै सजक हुनु पर्छ आफ्ना चम्चे धुपौरेको पछि लाग्नु हुदैन एकल निर्णय लिने र बिकास भनेको साझा हुन्छ भन्ने बुझ्नु पर्छ काम गरेर देखाए तेहि कामले नै अजर अमर बनाउने छ र कसैले एक्लो जस लिन खोज्नु मुर्खता हो यो सबैको साझा बिकास हो । कसैले दुबैलाई सुराउनु सिँगौरी खेलाई मजा लिन खोज्नु भनेको नोक्सान आफैलाई हो ।दुबैलाई लडाउनु या तनाब दिनु भन्दा बिकासका नौला योजनाहरु दिनु पर्छ नेपालगन्ज उस्तै छ बिसौ बर्ष देखि के फरक छ र जनमानिसको चाप दिन दिनै दोब्बर बढेको छ । बिकास त जे बीस बर्ष अघि थिए तिनैको पुनर्निर्माण झै छ बिकास के तिनै पुनर्निर्माण मात्र हो त बिकासको बुझाई नया नौलो स्मार्ट सिटिका कन्सेपटहरु किन आउन सकेको छैन । नेपालगन्ज बासिले कर नियमित तिरेका छ्न कर दिए अनुसार सुबिधा पाएका छन कि छैनन मुल्यांकन गर्ने कस्ले या नेपालगन्ज बासिको आए स्तर कस्तो छ आर्थिक आए आर्जन गर्ने अबसर र चुनौतीहरु के के हुन बुझ्ने कस्ले ? मानिसको जीवन स्तर मुल्यांकन गर्ने कस्ले ? निकै मनन गर्नु पर्छ यहाँका जन प्रतिनिधिहरुले नेपालगन्ज आफैमा थुप्रै अबसरहरु बोकेको सहर हो । एक आपसको मनमोटावले कतै विकासमा बाधा पुगेको छ कि? अथवा बुझाई या मत भेद भए किन मत भेद भए त किन म सुद्द छु भनेर स्पष्टीकरण दिनु पर्यो । यो चाहिँ सबैले बुझ्नु पर्छ बिकासका नाममा रुपैया फ्रीज गराउनु जो कोगिले एक अर्कालाई आरोप प्रत्यारोप गराएर यो एक सामाजिक अपराध हो जनताले चुनावमा जरुर सजाय दिनेनै छ्न । योजनाहरु मिलेर बनाउने हो जन प्रतिनिधि बिचमा नङ्ग मासुको सम्बन्ध हुनु पर्छ चाहे जो कोहि होस या जुन पार्टीको होस बिकास सिबाय उस्को मस्तिष्कमा अरु केही हुनुहुदैन उस्ले गरेको काम कतिको जनताको लागि बनेको छ निकै गम्भीर भएर सोचेर गर्नु पर्छ। म कतिको जनपक्षीय कामहरु गरेको छु भनेर मनन गर्नु पर्छ । जन प्रतिनिधिले गरेका बिकास अबिस्मरणिय हुनु पर्छ तिनै कामले अजर अमर हुनु पर्छ मरेर गए पनि फलानोले गरेको काम भनेर जनताले खुलेर प्रसंशा गरून् एक अमिट छाप बनोस पुरै परिबर्तन भएको महसुस जनताले गर्न पाउन सके पो नेता आफुले गर्ने नसक्ने लगन पछिको पोते के काम गरेर देखाउन सके पो सबैमा छाप पर्छ जस लिन खोज्नु भन्दा बिकासका मुलहरु फुटाउन खोज्नु नै एक माहन्ता हो। चाहे जो नेता होस उस्ले पहिलो प्राथमिकता शिक्षामा दिनु पर्छ अनि सुबिधा हरु र मानिसका आए स्तर उकास्ने योजनाहरु बनाउनु पर्छ । जन प्रतिनिधिले आफ्नो तरिका र सबै सङ्ग मिलेर गयो भने निकै सहज तरिकाले बिकास हुने थियो तर यहाँ त विकास होईन त भन्दा म के कम तेरो योजना कसरी पास गर्छ्स त कसरी यो ठाउमा हिरो हुन्छ्स म हुदा हुँदै , भन्ने दम्भ एकल घमण्डले नोक्सान नेतालाई होईन प्रत्येक्ष जनतालाई असर पारेको छ । पछि त चुनाबका बखत जनताले हैसियत र तिम्रा कामको उच्च मुल्यांकन गर्ने नै छ्न ।त्यसैले बास्तबिक तवरले परिबर्तनकारी बिकास हुनुपर्छ साढेको जुझाई बाच्छाको मिचाई कसैले गर्नु हुदैन। साभार दैनिक नेपालगन्ज
जय नेपालगन्जिया





