मन्त्री राई बाढीग्रस्त क्षेत्रमा, क्षति न्युनिकरणमा सक्रिय हुन निर्देशन

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।

डुडुवा गाउँपालिका क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज (बिहीबार) दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुग्नुभएको हो ।

मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

उहाँले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिनुभएको छ ।

उहाँले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

Previous articleबाँकेस्थित राप्ती नदीमा पानीको सतह खतरा तह पार
Next articleसुख्खा क्षेत्र घोषित नरैनापुरका विभिन्न क्षेत्र जलमग्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here