११ ग्राम ब्राउन सुगरसहित थप दुई युवा जमुनाहाबाट पक्राउ

नेपालगञ्ज । नेपाल भारत सीमा नाका जमुनाहाबाट लागू औषध ब्राउन सुगरसहित थप दुई जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१५ स्थित जमुनाहामा शनिबार चेकजाँच गर्ने क्रममा प्रहरीले जुम्लाको तातोपानी गाउँपालिका वडा नं-५ का २४ वर्षीय किसन नेपाली र जुम्लाकै चन्दननाथ नगरपालिका वडा नं-२ बस्ने २१ वर्षीय अरुण भण्डारीलाई ११ ग्राम लागू औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।

जमुनाहस्थित प्रहरी चेक पोईन्टमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको क १ प ११९७ नंम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको छ ।

किसन लगाएको हेलमेटभित्र लुकाएर उक्त बस्तु राखेको भेटिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान अघि बढाईएको छ ।

यसअघि शनिबार नै प्रहरीले नेपालगञ्ज वडा नं १६ जैसपुरका २४ वर्षीय मेराज अन्सारीलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

Previous articleजयसपुरका २४ वर्षीय युवा ५० ग्राम ब्राउन सुगरसहित जमुनाहाबाट पक्राउ
Next articleबाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here