
पिप्रहवा । बाँकेमा राप्ती नदीमा आएको बाढीका कारण डुडुवा गाउँपालिका लगायतका क्षेत्र डुबान भएका छन् । राप्ती नदीको पानीले पालिकाका हजारौं मानिसहरुलाई बिस्थापित गरेको छ ।
कपिपय स्थानीयको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपय सुरक्षित स्थानको खोजीमा बिस्थापित भएका छन् । यस्तै डुडवाका केही गाउँका करिब २५ जना स्थानीयको उद्धार गरिएको जनाइएको छ ।
निरन्तरको वर्षापछि राप्ती नदीमा आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार गरेर सुरक्षित स्थानमा पुर्नस्थापना गरिएको छ । उद्धार गरिएकाहरुमा गर्भवतिदेखि तीन महिनाका सुत्केरी महिला समेत छन् ।
यसरी उद्धार गरिएकाहरुलाई डुडुवा गाउँपालिकाको कृषि चौफेरि, पाझा, टेपरी लगायत स्थानका जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको छ ।
डुडुवा गाउँपालिका वडा नं १ होलियास्थित जनता माध्यमिक बिद्यालयमा रहेको आश्रयस्थलमा रहेका सामान्य समस्या भएका प्रभावितहरुलाई डुडुवा गाउँपालिका स्वास्थ्य शाखाको टिमले स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी पवन कैरातीले जानकारी दिनुभयो ।






