बाढी प्रभावितलाई तयारी खाजा र खानाको व्यवस्थापन

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका बाढीका कारण विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको व्यवस्था गर्नुभएको छ ।

गाउँपालिका वार्ड नं. १ का छिटाईपुर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना, र सोही वडा अन्र्तगत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट विस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा बसालिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

बाढीले गाउँ, घर डुबान गरेपछि सबै जनालाई सुरक्षित गर्दै अश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयहरुलाई राहतको सामाग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउ चाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुसार्नी, गुण आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानी लगायतको सामाग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केहीदिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ ।

अध्यक्ष चौधरीले भन्नुभयो–“अब केही दिनसम्म स्थानीय पिडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ, ।”

वडा सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारीद्धय विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामाग्री लगेर वाढी पिडितलाई उपलब्ध गराएको छ ।

उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेतले सहयोग गरिरहेको छ । शनिबार राहत लगिएको छ भने नपुगेको स्थानमा आज आईतबार राहत लगायतका सामाग्री पुर्याउने समन्वय समितिका प्रमुख चौधरीले बताउनुभयो ।

Previous articleराप्ती नदीले बगाउँदा एक जनाको मृत्यु
Next articleमाओवादी केन्द्रका अग्रवाल, खडका र फारुकी जसपामा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here