स्व.महावीर प्रसादको सम्झना, हिन्दी साहित्य पुरस्कार पाण्डेलाई प्रदान

नेपालगञ्ज । स्वर्गीय महावीर प्रसाद गुप्ताको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै नेपालञ्जमा स्मृति दिवस मनाइएको छ ।

राजनीति, पत्रकारिता र साहित्य क्षेत्रका बहुआयामिक व्यक्तित्व गुप्ताको शनिबार ३६ औं स्मृति दिवसमा उहाँको चर्चा गरिएको हो । १९८४ साउन ९ मा जन्मिनु भएका गुप्ताको २०४३ असोज २९ गते निधन भएको थियो ।

नेपालगञ्जका पूर्व नगर प्रमुख समेत रहनु भएका स्व.गुप्ता समाजसेवी, साहित्य स्रष्टा समेत हुनुहुन्थ्यो । नेपालगञ्जको पहिलो पत्रकारको रूपमा पहिचान स्थापित गर्नु भएका स्वर्गीय गुप्ताको नाममा स्थापित श्री महावीर प्रसाद गुप्ता हिन्दी साहित्य पुरस्कार समितिले शनिबार स्मृति दिवस गरि उहाँको सम्झना गरेको छ ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले महावीर प्रसाद हिन्दी साहित्य पुरस्कार कवियत्री कृष्णादेवी पाण्डेलाई प्रदान गर्नु भएको थियो ।

प्रदेश उपाध्यक्ष चौलागाईले स्व.गुप्ताले नेपालगञ्जको पहिलो पत्रकारका रुपमा कार्य गरेको पाइएकोले उहाँलाई सोही अनरुपको पहिचान दिँदै स्थापित गर्नुपर्ने आवश्यक्तामा जोड दिनुभयो ।चौलागाईले प्रथम पत्रकारका रूपमा यदि अरु कोही छ भने उहाँहरुको बारेमा पनि अध्यन, वहस गर्न सकिने बाटो खुला रहेको स्पष्ट पार्नुभयो ।

पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले पत्रकारिताको पूर्वाद्ध विकासमा महाविरको योगदान चिरस्मरणीय रहने बताउयनुभयो । उहाँले प्रथम पत्रकारका रूपमा बाँकेका महावीर र पण्डित योगेश्वर मिश्रबारे अध्ययन, सोध तथा बहसको आवश्यकता औंल्याउनुभयो ।

बाँकेको पत्रकारिताको प्रारम्भमा निकै सक्रिय महावीर बारे चर्चा गर्दै स्व.गुप्ताका भतिजा एवं समितिका अध्यक्ष विजय कुमार गुप्ताले राजनीतिमार्फत नेपालगञ्जको विकासमा कोरेको मार्ग रेखा ऐतिहासिक भएको उल्लेख गर्नुभयो । पुर्व नगर प्रमुख समेत रहनु भएका गुप्ताको सामाजिक योगदान पु¥याएका विशिष्ठ व्यक्तित्वको इतिहास जिवन्त राख्नुपर्ने पनि सुझाव थियो ।

कार्यक्रममा हुलाक कार्यालय नेपालगञ्जका प्रमुख गोविन्द पाण्डे, अवधी स्रष्टा विष्णुलाल कुमाल, साहित्यकार कृष्णादेवी पाण्डे लगायतले स्व. महावीर बारे चर्चा गर्दै उहाँको योगदानलाई स्मरण योग्य बनाउँन स्मृतिकोष स्थापनामा सुझाव दिनुभयो ।

Previous articleरुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ को मृत्यु, दर्जनबढी घाइते
Next articleजुडो खेलाडीलाई कालपृष्ठ दैनिकले गर्यो सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here