जुडो खेलाडीलाई कालपृष्ठ दैनिकले गर्यो सहयोग

नेपालगन्ज । पश्चिम नेपालको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले आफनो २५ औं रजत जयन्तीको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ ।

दैनिकले खजुरा गाउँपालिका वडा नं ३ मा रहेको क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो । क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।

कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गर्नुभएको थियो ।

नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको दैनिकले यसवर्ष आफनो स्थापनाको २५ औं वर्ष मनाउने तयारी गरिरहेको छ । रजत जयन्तीअघि खेलक्षेत्रका व्यक्तिको सम्मान र हौसला बढाउन सहयोग गरिएको दैनिकका प्रबन्ध निर्देशक खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘रजत जयन्तीको अवसरमा खेलकुद क्षेत्रमा राम्रो नतिजा निकालिरहेको क्लबका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । भौतिक पुर्वाधार, स्रोत साधनविना क्लबले ओलम्पियन जस्ता खेलाडी उत्पादन गरिसकेको छ । खत्रीले भन्नुभयो, क्लबले नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरिरहेको छ । खेलाडीको हौसला बढोस भनेर हामीले सहयोग गरेका हौं । आगामी दिनमा हामी सक्दो सहयोग गर्नेछौं ।’

क्लबका प्रशिक्षक गुरुङले आर्थिक अभावका बिच क्लबले प्रतिभावान खेलाडी उत्पादन गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘कालपृष्ठ दैनिकलाई धेरै धन्यवाद । यस्तै संघ संस्थाको साथ र सहयोगले हामीलाई खेलमा लाग्न उर्जा थप्ने गर्छ । खेलकुद क्षेत्रमा काम गर्न सहज छैन । आर्थिक अभाव सधै रहन्छ । तर पनि खेलकुदप्रतिको लगावले मैले प्रशिक्षणलाई रोकेको छैन ।’

Previous articleस्व.महावीर प्रसादको सम्झना, हिन्दी साहित्य पुरस्कार पाण्डेलाई प्रदान
Next articleनेलिसा गिरी बनिन स्याक नेपाल बाँकेको अध्यक्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here