नेलिसा गिरी बनिन स्याक नेपाल बाँकेको अध्यक्ष

नेपालगञ्ज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा “अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य” नारासहित नेपालगञ्ज वडा नं १८ की नेलिसा गिरी सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको अध्यक्ष बन्नुभएको छ ।

पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपाल बाँकेले बालिकाहरुको नेतृत्व बिकास तथा सहभागिताका लागि पद हस्तान्तण गरिएको र यस अवसरमा नेतृत्व दिन पाउनु स्याक बाँकेले अवसरको रुपमा लिएको बताउनुभयो ।

संस्थाले बालबालिका, महिला, किशोरी, युवा तथा शिक्षाको सवालमा बिगत लामो समयदेखि बिपन्न समुदायमा काम गरिरहेको र यसलाई निरन्तरता दिने कार्य स्याक नेपाल बाँकेले प्रयास गरिरहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

कार्यक्रममा स्याक बाँके र बिभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संचालित सिकाई परियोजना प्रमुख एवं टिम लिडर लक्ष्मी प्रसाद शर्मा र सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले संचालित परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

नव अध्यक्ष गिरीले आफुले स्याकको अध्यक्ष जस्तो गरिमामय पदमा आसन ग्रहन गर्न पाउनु आफ्नो व्यक्तिगत अवसरको रुपमा लिएको बताउउनुभयो ।संस्थाले संचालन गरेका बालविवाह रोकथाम, महिला हिंसाबिरुद्दको अभियान, गुणस्तरीय शिक्षाका लागि गरिएका प्रयासहरु निरन्तर हुनेमा बिश्वस्त रहेको बताउँदै आगामी दिनमा आफ्नो साथ सहयोग रहने बताउनु भयो ।

सर्वेक्षणमा भाग लिएकामध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।

रिपोर्टका अनुसार २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरि २९ हजार किशोरी तथा महिलामाझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेदविरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी इक्वेल पावर भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन्
उक्त कार्यक्रममा सहभागीहरुलाइ कार्यक्रमको उदेश्य तथा स्वागत मन्तब्य सस्थाका टिमलिडर तथा परियोजना प्रमुख शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी, परियोजनाका कर्मचारी, किशोरी क्लब पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Previous articleजुडो खेलाडीलाई कालपृष्ठ दैनिकले गर्यो सहयोग
Next articleसंगीता अधिकारीले दिलाईन लुम्बिनी प्रदेशलाई पहिलो स्वर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here