संगीता अधिकारीले दिलाईन लुम्बिनी प्रदेशलाई पहिलो स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका वलीले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जित्नुभयो । ३२.७५ मिटर थ्रो गर्नुभएका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गर्नुभएका सुदूरपश्चिमका हेमन्त पालले कांस्य पदक जित्नुभयो ।

यस्तै महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जित्नुभयो । संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो ।

एपीएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै रजत र त्रिभुवन आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कांस्य पदक जितनुभयो ।

Previous articleनेलिसा गिरी बनिन स्याक नेपाल बाँकेको अध्यक्ष
Next articleविश्वकै सुन्दर महिलाको सूचीमा दीपिका पादुकोण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here